काठमाडौँ । अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएको छ।
सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो। फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन्।
‘साङ्लो’ विराजले बनाउने लागेको फिल्म हो। यो फिल्म निर्माणका लागि विराजले पाण्डेलाई फागुनबाट फिल्म सुरु गर्ने भन्दै पुसमा प्रोडक्शन डिजाइनरको रुपमा सम्झौता गरेका थिए। तर, अहिलेसम्म सुरु हुन सकेको छैन।
सोमबार पनि क्याफेमा विराजले पाण्डेलाई फिल्म सुरु गर्ने विषयमा छलफलका लागि बोलाएका थिए। छलफलका क्रममा पाण्डेले अब आफू चलचित्रमा काम गर्न नसक्ने बताएका थिए।

पाण्डेको जवाफ सुनेपछि विराजले पैसा फिर्ता मागेका थिए। तर, पाण्डेले आफूले ४ महिनाभन्दा बढी समयदेखि यो चलचित्रमा काममा हिँडेकोले पैसा फिर्ता दिन नसक्ने जवाफ दिए पछि विराजले पाण्डेलाई हात हालेको बताइएको छ। भट्टले हिर्काएपछि पाण्डे भूइँमा लडेका थिए।
पाण्डे उक्त क्याफेमा चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेसँगै गएका थिए। केशव भने अर्को कुनामा बसेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
