एजेन्सी । एक व्यक्तिले अफ्नै श्रीमतीको विवाह उनका प्रेमीसँग धुमधामले गरिदिएका छन्। उनको विवाह हेर्न सयौँ व्यक्ति त्यहाँ उपस्थित भएका थिए।
यो घटना भारतको बिहारस्थित सालेपुर गाउँको हो। यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो। यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन्।
जहाँ एक व्यक्ति आफ्नी श्रीमतीसहित भाडाको घरमा बस्थे । उनीहरुका साढे दुई वर्षका छोरा पनि थिए । तर एकदिन ती व्यक्तिलाई कुनै मामलामा पुलिसले पक्राउ गरेर जेलमा राखे। यसैबीच ती व्यक्तिकी श्रीमतीको सम्बन्ध घर मालिकका छोरा मोनूसँग रह्यो । कुरा यति बढ्यो कि यी दुई एक–अर्काबिना बस्नै सकेनन्।
जब महिलाका श्रीमान जेलबाट छुटे तब उनलाई उनीहरुको सम्बन्धबारे थाहा भयो। त्यसकारण उनले यी दुईको विवाह गराइदिने बारे सोचे। उनले ग्राम पंचायत भवनमा सरपञ्च पवन कुमार साहसमेत थुप्रैको उपस्थितीमा दुईको विवाह गराइदिए।
आफ्ना साढे दुई वर्षका छोरा पनि श्रीमती र उनका प्रेमीलाई उपहारमा दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
