श्रीलंका बम विष्फोट: भारतका ४ नेताको निधन

एजेन्सी । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा परेर भारतको कर्नाटक राज्यका जेडिएस पार्टीका ४ नेताहरुको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा जेडिएसका लक्ष्मण गौडा, के एम लक्ष्मीनारायण, एम रानगप्पा र केजी हनुमनथारयप्पा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटका घटनाहरुमा परेर सो पार्टीका ३ नेताहरु घाइते भएको समेत जनाइएको छ।

Advertisement

घटनाप्रति भारतीय विदेशमन्त्री सुश्मा स्वराज र कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले दुःख व्यक्त गरेका छन्। वम विष्फोटको घटनामा सो पार्टीका अन्य ३ जना बेपता भएको समेत जनाइएको छ। जेडिएसका यी नेताहरु छुट्टी मनाउन श्रीलंका गएका थिए।

राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलावद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ। घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ।

More News last news
Loading...