भारतमा लोकसभाका उम्मेदवार नै पक्राउ

पिपिली । भारतमा विभिन्न चरणमा भइरहेको लोकसभा निर्वाचनमा उम्मेदवार रहेका एक जना आकाङ्क्षीलाई प्रहरीले पक्राउ गरेको छ।

विजु जनता दल (विजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो।
निर्वाचनमा पैसा र बल प्रयोग गन खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

Advertisement

उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ। यसअघि पहिलो चरणको मतदान यही अप्रिल ११ तारिखका दिन र दोस्रो चरणको मतदान अप्रिल १८ तारिखका दिन भएको थियो भने तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ।

भारतमा आउँदो मे १९ सम्ममा देशभरी नै मतदान सम्पन्न गरेर मे २३ मा नतिजा सार्वजनिक गर्ने निर्वाचन तालिका रहेको छ।

More News last news
Loading...