जहाँ हरेक तीन मिनेटमा जान्छ भूकम्प

एजेन्सी । दक्षिणी क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प आउने एक रिपोर्टले दाबी गरेको छ। यो कुरा क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी र युनिभर्सिटी अफ क्यालिफोर्निया (स्यान डियागो) को अध्ययनमा सार्वजनिक भएको हो।

दक्षिण क्यालिफोर्नियामा सन् २००८ देखि २०१७ बीचमा २.० देखि ३.० म्याग्निच्यूडका २० लाख भूकम्प गएको अनुसन्धानमा पत्ता लागेको छ। भूकम्प कम तीब्रताका भएका कारण मानिसहरुले यो महशुस नगरेको बताइएको छ। रिपोर्टका अनुसार यो इलाकामा दैनिक ४९५ भूकम्प आयो।

Advertisement

३.० तीब्रता बढीका भूकम्पमात्र महशुस हुन्छः
अमेरिकी भूगर्व विभागका अनुसार साधारणतया ३.० तीब्रता बढीका भूकम्पमात्र महशुस हुन्छ । साना तीब्रताका भूकम्प पत्ता लगाउन ती व्यक्तिलाई पनि समस्या हुन्छ जो यो अनुसन्धानमा संलग्न छन्।

शोधकर्ताका अनुसार भवन निर्माणको प्रक्रिया वा गाडीलगायतका वाहनबाट पैदा हुने आवाजका कारण पनि साना तीब्रताको भूकम्पबारे थाहा हुँदैन । साना भूकम्पबारे पत्ता लगाउनका लागि वैज्ञानिकले टेम्पल म्याचिङको सहारा लिए । यद्यपी, सिस्मोलोजीमा यो तरिका सन् २००६ देखि चलनमा थियो तर हप्तामा दुई पटक मात्रै यसको प्रयोग गरिँदै आएको छ।

अनुसन्धानकर्ता रोजका अनुसार टेम्पल म्याचिङ प्रक्रियामा डेटालाई स्टोर गर्न समस्या हुन्छ। यसका लागि ठूलो कम्प्युटरको आवश्यकता हुन्छ। उनका अनुसार साना तीब्रताका भूकम्पबारे पत्ता लगाउनका लागि अब ठूलो परिमाणमा डाटालाई जम्मा गरिँदैछ।

More News last news
Loading...