काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु रिजालले सांगठनिक एकता प्रक्रिया टुङ्ग्याउन शीर्ष नेताहरु गृहकार्यमा जुटे पनि निष्कर्ष निकाल्न नसकेको जानकारी दिएका छन्।
एक कार्यक्रममा रिजालले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले अन्य नेताहरुसँग छलफल गर्ने क्रम जारी भए पनि सहमति नजुटेको बताएका हुन्। यद्यपी छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको रिजालले बताए। भोली ९ गते लेलिन दिवसको दिन एकता प्रक्रिया टुङ्गिएको घोषणा गर्ने नेतृत्वको प्रयास थियो। तर त्यो सफल नभएको रिजालले बताए।
जिल्ला तहको एकता भने भोली नै टुङ्गिन सक्ने रिजालले बताए। अरु तहको एकताको निष्कर्ष भने भोलीसम्ममा निस्किन नसक्ने रिजालले बताएका हुन्। जिल्लाको नेतृत्वका लागि भने नेताहरु सहमति नजिक पुगेकाले आजै नामसमेत टुङ्गो लाग्नसक्ने रिजालको दाबी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
