श्रीलङ्काका गिर्जाघर र होटलमा शक्तिशाली विस्फोट : १०० जनाको मृत्यु, २०० बढी घाइते

श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको प्रहरी र अस्पतालस्थित स्रोतहरूले बताएका छन्।

शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए।

Advertisement

अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको र दुई सयभन्दा बढी व्यक्ति घाइते भएको पुष्टि भएको छ। बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार कोलम्बो अस्पतालले कम्तीमा नौ जना विदेशीको मृत्यु भएको जनाएको छ।

घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन्। उनले फेरि आक्रमण हुन नदिन र ती विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन्।

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए। श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन्।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए।

More News last news
Loading...