आज आईतबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् १२ राशिको राशिफल …

आज मिति २०७६ साल वैशाख ८ गते । तदनुसार इश्वी सन् २०१९ अप्रिल २१ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११३९ चौलागा । वैशाख कृष्णपक्ष द्वितीया तिथि आईतबार ।

मेष

Advertisement

आफ्नै कारण पछि परिदैछ विचार पु¥याउनु होला । व्यापारमा गिरावट आउनेछ । पूर्वान्ह भन्दा अपरान्ह कमजोर देखिन्छ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । इज्जत प्रतिष्ठाको ख्याल राख्नु होला । अशुभ समाचारले तनाव बढाउने छ । सहयोग पाईन्छ भनेका ठाँउबाट मिल्ने छैन । कारोवारमा ध्यान दिनुहोला ।

वृष

विवादको अन्त्य हुनेछ, मुद्धा मामिलामा जीत हुनेछ । उपलब्धिका काम अगाडि बढ्ने छन् । आफ्नै पहलमा धेरै काम बन्ने छन् । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ ।

मिथुन

सोचे जस्तो कहि कतै हुने छैन । अर्थ अभावको कारण योजना अगाडि बढाउन गाह्रो हुनेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईनेछ । सुरक्षित विधि अप्नाएर ऋण लगानी गर्नु होला । अरुको भर परेर काम नगर्नु होला ।

कर्कट

समस्याको भुमरीबाट निस्कन निकै परिश्रम गर्नु पर्नेछ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । आफन्तमा मनमुटाव बढ्नेछ । अपरान्हबाट समयमा सुधार आउनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

सिंह

कुनै काम गर्नु छ भने पूर्वान्ह पूर्व गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । मध्यान्ह पछि घरयासी वस्तु खरीदमा धन खर्च हुनेछ । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । पारिवारिक भेटघाट हुनेछ ।

कन्या

मध्यान्ह सम्म समय कमजोर देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । अपरान्ह देखि काममा सुधार आउनेछ । निर्णय क्षमता बढ्नेछ । आफ्नै पहलमा रोकिएका काम अगाडि बढ्ने छन् । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

तुला

दिन सामान्य खाल देखिन्छ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । अलमलमा नपरि हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घरका समस्याबाट पूर्ण मूक्ति मिल्ने छैन । कुनै निणर्य लिदा एक पटक सोच्नु होला ।

वृश्चिकः–मध्यान्ह सम्म समय प्रतिकुल छ सोच विचार काम गर्नु होला । अपरान्हबाट समयमा सुधार आउनेछ । खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।

धनु

समयमा गरेका काम सफल हुनेछन् । अपरान्हबाट समयले कम साथ दिनेछ । मनमा गलत विचार बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । अतिथि खर्च बढ्नेछ ।

मकर

दिन सामान्यतया अनुकुल देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

कुम्भ

पूर्वाद्ध कमजोर देखिन्छ । अलमल बढि हुनेछ कामले गति लिने छैन । उत्तराद्र्ध भने अनुकुल रहेकोछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । कुरा काट्ने समर्थनमा आउने छन् । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

मीन

मध्यान्ह सम्मको समय बढि प्रतिकुल देखिन्छ । आर्थिक कारोवारमा बढि ध्यान दिनु होला । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । गलत विचार मनबाट हट्नेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । आफन्तबाट सामान्य सहयोग पाईनेछ।

More News last news
Loading...