अमेरिकामा शक्तिशाली आँधी, चार जनाको मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो।

Advertisement

अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो। बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति गरेको थियो।

मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो। एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ।

More News last news
Loading...