प्रदीप पौडेलको नेतृत्वमा देशभर पानीको मूल संरक्षण अभियान शुरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पानीको मूल संरक्षण अभियान शुरु गरेका छन्।

पौडेलले पानीको मूल तथा पोखरी संरक्षण अभियान थालनी गर्दै यसलाई देशव्यापी अभियान नै बनाइने घोषणा गरेका छन्। स्वच्छ खानेपानी आम मानिसको आधारभूत आवश्यकता रहेकाले पानीको मूल आसपासको क्षेत्र सफा राख्नु सबैको दायित्व हो भन्दै पौडेलले अभियान घोषणा गरेका हुन्।

Advertisement

विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पेशाकर्मी, संचारकर्मी लगायतको उपस्थितिमा पौडेलले आफ्नो जन्मथलो तनहुँ ढोरफिर्दी स्थित ठूलो पधेँरोको पानी पिउँदै अभियानको थालनी गरे।

पौडेलकै नेतृत्वमा ठूलो पधेँरो आसपासको क्षेत्रमा विभिन्न १ सय २३ प्रजातिका बोट विरुवा पनि रोपिएका छन् । आम मानिसलाई ठूला ठूला सपना देखाएर रनभुल्लमा पार्नुभन्दा आफ्नो वरपरको क्षेत्रमा सजिलै गर्न सकिने रंचनात्मक विकासका कार्यमा प्रोत्साहित गर्न आफूले यस्तो अभियान शुरु गरेको पौडेल बताउँछन् ।

उनले यस अभियानलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका पौडेलको यस किसिमको रचनात्मक कार्यको जिल्ला र जिल्ला बाहिर निकै प्रशंसा भएको छ ।

राजनीतिलाई समाजसेवाको अभिन्न अंगको रुपमा व्याख्या गर्नु हुने पौडेलकै नेतृत्वमा हालै बारा, पर्सा तथा रौतहटका आँधीवेहरी पीडित सयौं स्थानीयलाई राहत सामाग्री बाँडिएको थियो।

More News last news
Loading...