एजेन्सी । बलिउड अभिनेता विक्की कौशल सुटिङका दौरान ठूलो दुर्घटनामा परेका छन्। विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन्। यही चलचित्रको एक एक्शन सीनको दौरान उनको अनुहारमा गम्भीर चोट लागेको हो।
मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै यस घटनाको बारे जानकारी दिएका छन्।
गत अप्रिल १८ मा गुजरातमा जहाजमा एक्सन सीन छायाँकनका दौरान उनीमाथि अचानक ढोका खसेको थियो। उनलाई तुरुन्त स्थानीय अस्पताल लगिएको थियो।
त्यहाँ प्राथमिक उपचार गरेपछि उनलाई थप उपचारका लागि मुम्बई ल्याइएको थियो। घटनामा उनको अनुहारमा चोट लाग्नुका साथै गालाको हड्डी फ्राक्चर पनि भएको बताइएको छ। त्यस्तै १३ वटा टाँका पनि लगाउन परेको भनिएको छ।
उक्त हरर चलचित्रको निर्माण करण जोहर गरिरहेका छन्। चलचित्रको निर्देशन शशांक खेतान तथा सहायक निर्देशक भानुप्रताप सिंह रहेका छन्।
चलचित्रमा विक्कीसँगै मुख्य नायिकामा भूमि पेडनेकर रहेका छन् । यो चलचित्र यसै वर्ष रिलिज गर्ने तयारी गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
