पूर्वसांसद वीपी यादव पक्राउ

सप्तरी । सांसद छँदा रातो पासपोर्ट काण्डमा मुछिएका विपी भनिने विश्वनाथप्रसाद यादव अर्काे नक्कली काण्डमा मुछिएका छन्। नक्कली उपभोक्ता समिति बनाएको आरोपमा उनी बिहीबार पक्राउ परेका छन्।

नक्कली उपभोक्ता समिति बनाएको प्रकरणमा सोधपुछका लागि नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले बताए । प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यले उनले नक्कली उपभोक्ता समिति बनाएको आरोप लागेको छ।

Advertisement

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि मधेशी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद रहेको बेला सांसद साह रातो पासपोर्ट काण्डमा मुछिएका थिए। हाल उनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय सदस्य छन्।

More News last news
Loading...