मुक्तिनाथ विकास बैंकका वर्तमान र पूर्व सिईओबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकका वर्तमान सिईओ र पूर्व सिईओ बीच कृषि क्षेत्रमा लगानी विस्तार गर्ने सम्झौता भएको छ ।

वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र पूर्व प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । मुक्तिनाथ विकास बैंक बाट बाहिरिएसँगै मुक्तिनाथ कृषि कम्पनी समाल्न पुगेका कार्यकारी अध्यक्ष ढकाल र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेलले बुधबार सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Advertisement

मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामीण भेगहरुमा समेत सबै वर्गका नागरिकहरुलाई समावेशी वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेकोमा कृषि पेशामा निर्भर किसानहरुलाई वित्तीय सेवाका अतिरिक्त कृषि सम्बन्धी व्यवस्थापन गर्न आवश्यक देखिएकोले कम्पनीसंग सहकार्य गरिएको हो ।

यस सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहक सदस्यहरुलाई कृषिमा आधारित उद्यम÷व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारको ग्यारेन्टी गर्ने कार्य मुक्तिनाथ कृषि कम्पनीले गर्नेछ ।

किसानहरुको यस कम्पनीसंगको सहकार्यले किसानहरुले हाल भोगेका कृषि उपजको बजारिकरण सम्बन्धी समस्याहरुको दिगो समाधान हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीले कृषि सम्बन्धी अन्य आवश्यक विविध प्रकारका कार्यहरु विस्तार गर्दै जाने जनाएको छ ।

More News last news
Loading...