बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशीलका नेता कार्यकर्ता पक्राउ

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ। विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो।

Advertisement

तर, प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ। त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ समेत गरेको छ।

More News last news
Loading...