पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करमा परी घाइते भएका चौधरीको मृत्यु

विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलमा छाडेर झापा फर्कंदै गरेको कारको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

गत बुधवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थलमा छाडेर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको पछुवा गाडीको ठक्करबाट इटहरी उपमहानगरपालिका-९ का २२ वर्षिय हेम चौधरीको मृत्यु भएको थियो।

Advertisement

दुर्घटनामा सोही ठाउँका प्रकाश चौधरी गम्भिर घाइते भएका थिए। घाइते चौधरीको विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा उपचारका क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिने सुरक्षाकर्मी सवार बा ३ च ७९६२ नम्बरको कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका-४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट हेमको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक प्रकाश चौधरी गम्भीर घाइते भएका थिए। घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

More News last news
Loading...