पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

कामठाडौं । अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मंगलबार अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल र कानूनका विद्यार्थी विनय रिमालले पब्जीमाथि प्रतिबन्धको निर्णय बदर गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका हुन्।

Advertisement

उनीहरुले इन्टरनेट लगायतका माध्यममा अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई कानूनविना स्वेच्छाचारी ढंगले बन्देज नलगाउन परमादेशको आदेश जारी गर्न पनि माग गरेका छन्।

सरकारको निर्णयले विभिन्न प्रयोगकर्ताले पाउने अभिव्यक्ति तथा विचारको स्वतन्त्रतामा अपुरणीय क्षति भएको भन्दै पब्जी अनलाइन गेम बन्द गराउन भएको सबै निर्णय तथा पत्राचार मुद्दाको टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश पनि जारी गर्न माग गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले चैत २८ गतेदेखि लागू हुने गरी पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

More News last news
Loading...