काठमाडौ । शिक्षक सेवा आयोगले आउँदो साताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ।
आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो।
२०७६ बैशाख भित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न लागिएकाले सोका लागि परीक्षण गर्दा गर्दै केही ढिलाई भएको आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अबको एक साताभित्र लाइसेन्सको विज्ञापन हुन्छ। हामी अन्तिम तयारीमा छौं।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
