काठमाडौं । हाम्रो समाजमा बलात्कारका घटनाहरु भइरहेका छन् । विभिन्न ठाउँमा हुने यस्ता घटना रोक्नका लागि विभिन्न प्रयासहरु पनि भइरहेका छन्।
पछिल्लो समय एक महिलासँग भएको बलात्कारको प्रयासको घटना निकै चर्चामा छ । घटना भारतको महाराष्ट्रको हो । यहाँ एक महिलाले बलात्कारीबाट बच्नको लागि यस्तो स्मार्ट आइडिया लगाइन् कि यो विषय अहिले चर्चामा छ । २९ वर्षकी ती महिला विधवा हुन्।
महाराष्ट्रको औरंगाबादमा ती महिलालाई एक युवकले बलात्कारको प्रयास गरेका थिए । २२ वर्षका किशोर विलास अवहद नामका ती युवकलाई पक्राउ गरिएको छ।
२५ मार्चका दिन बेलुका ती महिला आफ्नी ७ वर्षकी छोरीलाई साथमा लिएर एक पसलमा सामान किन्न गएकी थिइन् । घर फर्कने बेला उनीसँग १० रुपैयाँ मात्र बाँकी रह्यो । उनले अरु यात्रुसँग मिलेर अटोमा घर फर्कने प्रयास गरिन् तर ‘शेयरिङ अटो’ पाउन सकिनन्।
त्यसपछि महिलाले छोरीसँग बाटोछेउमा उभिएर लिफ्ट माग्ने प्रयास गरिन् । त्यही समयमा त्यही बाटोमा मोटरसाइकलमा जाँदै गरेका किशोरले उनलाई लिफ्ट दिए । किशोरले उनीहरुलाई घर नलगी सुनसान ठाउँमा लिएर गए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
