जर्मनीमा दोस्रो विश्वयुद्धकालीन बम विस्फोट गराइयो

बीबीसी । जर्मनीको फ्र्याङ्कफर्टस्थित एउटा नदीमा दोस्रो विश्वयुद्धकालीन एउटा बम विस्फोट गराइएको छ।बम विस्फोट गराइँदा माथिसम्म हावामा पानीको फोहोरा पुगेको जर्मन सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समयानुसार आइतवार बिहान आठ बजेतिर बम निष्क्रिय पार्ने विज्ञहरूले काम थाल्नुअघि करिब छ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। विस्फोटनपछि गोताखोरहरूलाई पानीभित्र गएर बम निष्क्रिय भए नभएको जाँचिएका थियो।

Advertisement

जर्मन समाचार संस्था डीपीएका अनुसार गत मङ्गलवार फ्र्याङ्कफर्टस्थित मेन नदीमा सो बम फेला परेको थियो।

सहरमा अग्निनियन्त्रकहरूसँग गोताखोरहरूले नियमित अभ्यास गर्ने क्रममा साढे दुई सय किलोको बम फेला पारेका थिए। सामाजिक सञ्जालमा राखिएको तस्बिरमा दुईवटा पुलको बीचमा माथिसम्म ठूलो पानीको फोहोरा पुगेको देखिन्छ।

जर्मनीमा बम र युद्धका अरू अस्त्रहरू फेला परिरहनु असामान्य चाहिँ होइन। गत वर्ष जर्मन प्रहरीले मध्य बर्लिनमा दोस्रो विश्वयुद्धकालीन एउटा बम निष्क्रिय पारेका थिए। बम निष्क्रिय पार्नुअघि १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

More News last news
Loading...