गुल्मीमा ५ करोडमा बन्दै गरेको पक्की पुल भासियो, ५ जना घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र वडा नं. ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्की पुल भाँचिदा ५ जना घाइते भएका छन्।

मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कीको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ।

Advertisement

यस्तै निर्माण व्यवसायी समेत रहेका ऋषिराम इटनीलाई काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ।

शुक्रवारवाट ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पक्की पुल संघीय सरकारको बजेटमा ५ करोड लागतमा निर्माणाधीन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए।

More News last news
Loading...