एजेन्सी । विवाह गरी पतिसँग मनुमन मनाउन गएकी एक नव विवाहित महिलाले फर्किदासाथ सम्बन्ध विच्छेद गरेकी छिन्।
यो घटना संयुक्त अरब अमिरातको हो। हनिमन मनाउन गएका पति साह्रै कन्जुस भएको आरोप लगाउँदै महिलाले सम्बन्ध विच्छेद गरेकी हुन्।
अबुधानी अदालतमा सम्बन्ध विच्छेदको निवेदनमा उल्लेख भएअनुसार महिलाका पति ईरानी हुन्। मनिमुनका क्रममा उनले कन्जुसी देखाएका थिए। महिलाको आरोप छ की, पुरै मनिमुनका क्रममा उनका पतिले सधै खर्च उनलाई तिर्न लगाउथेँ। यसमा राशन, पानी र विजुलीको बिल पनि सामेल थिए। जबकी पतिले त्यसमा एक पैसा पनि खर्च गरेका छैनन्। महिलाले सम्बन्ध विच्छेदपछि मनिमुनमा खर्च भएको सबै पैसा भुक्तानीको माग पनि गरेकी छिन्।
उनका पति महिला भन्दा १३ वर्षले कान्छा छन्। सुरुवात देखिनै उनले सधै खर्च महिलालाई तिर्न लगाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
