सिड्नी । अष्ट्रेलियामा पहिलो पटक नेपाली युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन्। अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा गरेको हो।
लिबरल पार्टीका न्यू साउथ वेल्स राज्य कमिटीका नेताले आफूलाई उम्मेदवार बनायएको बारेमा जानकारी दिएको पिजे श्रेष्ठले बताए। श्रेष्ठलाई मेम्मदवार बनाइएको बार्टन क्षेत्र अष्ट्रेलियन लेबर पार्टीको बर्चश्व भएको निर्वाचन क्षेत्र हो। नेपालीहरूको घना बस्ती भएको सिड्नीको रकडेललगायतका ठाउँहरू पनि यो क्षेत्रमा पर्छन्।
४ वर्षको उमेरमा बाबाआमासँग अष्ट्रेलियामा आएका श्रेष्ठ नेपालको नवलपरासी जिल्लाका हुन्। उनका बुवा मेघराज नवलपरासीका कृषी उद्यमी हुन्। उनी अष्ट्रेलियामा अष्ट्रेलियन विद्यार्थीको लागि यातायात छुट गराउने अभियानमा पनि थिए।
श्रेष्ठले आफूले विगत केही वर्षयता अष्ट्रेलियाको राजनीतिमा चासो दिएको र खटेर काम गरेकाले पार्टीले उम्मेदवार बनाएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
