मोरङ । बुधबार राति पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट मोरङको सुन्दरहरैचास्थित बिराटचौक बुधबारेमा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते छन्।
बुधबार राति ज्ञानेन्द्रलाई बिराटनगर विमानस्थल छाडेर राति अन्दाजी ९ः३० बजे फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए। प्रहरी स्रोतका अनुसार, गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
