दुर्घटनाबाट जोगियो जेट एयरको विमान

काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको जेट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट जोगिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा पाइलटले थाहा पाएका थिए। त्यसलगत्तै पाइलटले विमानलाई टर्न गरेर फर्काइएको थियो।

Advertisement

उड्नका लागि केही मिनेटमात्र बाँकी रहेकै बेला पाइलटले विमानमा तेल सकिएको सुइँको पाएका थिए। तेल सकिएको थाहा पाएलगत्तै विमान पार्किङ वेमा फर्काइएको जनाइएको छ। विमान पार्किङ वेमा फर्काएको करिब २ घण्टापछि तेल भेरर विमान नयाँ दिल्लीका लागि उडेको जनाइएको छ।

More News last news
Loading...