बारामा फेरि असिनासहित हावाहुरीः घरका छाना उडे, एसईई परीक्षा प्रभावित

बारा । २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ।

हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ। असिना-पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ। करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ। छानो उडाउँदा प्रहरी प्रभावित भएका छन्।

Advertisement

हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ। कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ। घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ।

More News last news
Loading...