धरानमा यात्रुवाहक बस दुर्घटना: ४ जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौँ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३७ जना घाइते भएका छन्। ना६ख २७१३ नम्बरको यात्रुबाहक बस धरान उपमहानगरपालिका-१३ को जिरोपोइन्टमा दुर्घटना भएको हो।

Advertisement

ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ, वृद्ध दलबहादुर मगर, १ जना महिला र ७ महिनाको बालिका रहेका छन्।

प्रहरीका अनुसार घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने काम भइरहेको छ। बसमा कति यात्रु थिए भन्ने समेत यकिन हुन सकेको छैन।

Photo Credit : कुशल लिम्बुको फेसबुकबाट

More News last news
Loading...