सरकारले प्रतिबन्ध लगाएपछि खुम्चिँदै विप्लव नेतृत्वको नेकपा

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि यसको सांगठनिक संरचना खुम्चिँदै गएको छ। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय छन्।

पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि प्रभावशाली चार नेता प्रहरी हिरासतमा छन्।

Advertisement

२०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो। तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा आइपुगेको छ।

त्यस बेलाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, झकबहादुर मल्ल ‘सुदीप’, राजेन्द्र कार्की ‘नवीन’, टेकबहादुर बलम्पाखी, जीवन खड्का ‘गगन’, महेश केसी ‘पारसमणि’ लगायत सत्तारूढ नेकपामा छिरिसकेका छन्। वयोवृद्ध नेता चित्रबहादुर आले ‘पवन’, देवीदत्त पाण्डे, हेमराज भट्टराई, मंगल विश्वकर्मा, सम्झना घर्तीलगायत निष्क्रिय छन्।

More News last news
Loading...