एजेन्सी । आफ्नो र आफ्ना पति निक जोन्सको डिभोर्स हुन लागेको झूटो खबर छापेको भन्दै अभिनेत्री प्रियंका चोपडाले खबर छाप्ने उक्त अमेरिकी अखबारविरूद्ध मानहानीको मुद्धा हाल्ने सोच बनाएकी छन्।
प्रियंका निकट श्रोतको हवाला दिदैं भारतिय संचारमाध्यमले प्रियंका मुद्धा हाल्ने तयारीमा पुगेको जनाएका छन्। सो अमेरिकी पत्रिकाले विवाह भएको ११७ दिनपछि नै निक र प्रियंकाको सम्बन्ध पारपारचुकेको अवस्थामा पुगेको भन्दै आवरण कथा छापेको थियो।
खबर छापिएपछि प्रतिक्रिया दिदैं प्रियंकाले आफ्नो र निकको वैवाहिक जीवन खुशीयालीका साथ बितिरहेको सन्दर्भमा यस्ता खबरले आफूलाई दुखित तुल्याएको बताएकी छन्। उनले यदि यो खबर छापेर अप्रिल फुल मनाइएको भए यो अति नै घटिया काम भएको उनको भनाइ छ।
सो पत्रिकाले निक आफ्नी पत्नी प्रियंकाको नखराले धेरै आजित भएको लेखेको थियो। पत्रिकाले प्रियंका उमेरमा परिपक्व भएपनि २१ वर्षिया युवतीजस्तो स्वभाव भएको र हरेकको कुरामा झगडा गर्ने भएकाले डिभोर्सको अवस्था आएको जनाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
