थुप्रै पटक सुत्नु भन्दा पहिले केही गल्ती गर्दा तौल बढ्न सक्छ। यस्ता गल्ती नगरी आफ्नो तौल नियन्त्रणमा राख्न सकिन्छ।
बेलुका खाना नखानुः यसो गर्दा मेटाबोलिजम स्लो हुन्छ । बिहान धेरै भोक लाग्छ र तपाईं धेरै खानुहुन्छ। के गर्ने ? यदि राती धेरै भोक लागेको छैन भने सलाद, फलफूल वा दही खानुहोस्।
बेलुका धेरै कार्बोहाइड्रेट भएको खाना खानुः पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेट भएको खानामा क्यालोरी धेरै हुन्छ। यस्तो खाना राती खाँदा फ्याट बढ्छ । के गर्ने ? राती प्रोटिन भएको खानेकुरा, तरकारी र फलफूल खानुहोस् ।
धेरै खाना खानुः राती पाचन क्रिया स्लो हुन्छ । यसले क्यालोरी बर्न हुँदैन र शरीरमा फ्याट जम्मा हुन थाल्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
