हावाहुरी प्रभावितलाई राहात बाँड्न बारा झरे प्रदिप पौडेल, २५० परिवारलाई राहात वितरण

बारा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बाराका हावाहुरी पीडित परिवारलाई राहात वितरण गरेका छन्।

बुधबार सुबर्ण गाउँपालिकाका र सो गाउँ आसपासका केही वस्तीका २५० घर परिवारलाई अत्यावश्यक सामाग्री वितरण गरिएको पौडेलको टोलीमा रहेका नेविसंघका नेता सुशील भट्टले बताए।

Advertisement

२५० घरधुरीका लागि पौडेलले म्याट, झुल, बाल्टी, टर्च लाइट लगायतका सामाग्री बितरण गरेका छन्।

काठमाडौंबाट आएको नेता पौडेल र नेविसंघका निवर्तमान महामन्त्र कुन्दनराज काफ्ले नेतृत्वको टोलीले बारा नेविसंघसँग समन्वय गरि अस्थाई टहरा निर्माण गर्न श्रमदान गर्ने पनि भट्टले बताएका छन्।

नेता पौडेलले विनशाकारी भूकम्पका बेला अति प्रभावित क्षेत्रमा राहत र ५ सयभन्दा बढी अस्थायी आवास निर्माण गरेका थिए।


More News last news
Loading...