विवाह अगावै नायिका एमी जक्सन गर्भवती, यसरी खुल्यो रहस्य !

एजेन्सी । फिल्म २.० बाट चर्चामा आएकी बलिउडकी नायिका एमी ज्याक्स गर्भवती भएकी छन् ।

सामाजिक सञ्जाल इन्टाग्राममा एमीले प्रेमी जर्ज पेनियोतोसँग फोटो सेयर गर्दै यसबारे जानकारी दिएपछि यस्तो रहस्य खुलेको हो ।

Advertisement

जर्ज व्यवसायिक रुपमा व्यापारी हुन् र यी दुईले अंग्रेजी नयाँ वर्षमा इन्गेजमन्ट गरेका थिए । ३१ मार्चमा इंगल्याण्डमा ‘मदर्स डे’ मनाइन्छ र यसै दिन एमीले यसबारे जानकारी दिएकी हुन् ।

एमीले फोटो सेयर गर्दै लेखेकी छन्, ‘म आफ्नो घरको छतमा उभिएर चिच्याउन चाहन्थेँ र मदर्स डेमा मैले यो मौका पाएँ । म तिमीलाई सबैभन्दा धेरै माया गर्छु ।

यस्तो माया जुन सबैभन्दा निश्चल र शुद्ध छ । हामी तिमीलाई भेट्न निकै आतुर छौं ।’यी दुईले अर्को वर्ष ग्रीसमा विवाह गर्ने योजना बनाएका थिए । जर्ज र एमी पछिल्लो चार वर्षदेखि डेट गरिरहेका छन् ।

More News last news
Loading...