काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हुरीबतासमा परी ज्यान गुमाएका पीडित परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने भएका छन् ।
मंगलबार हुरीबतास प्रभावित बाराको फेटा गाउँपालिका–६ बरैनियाँ पुगेका अध्यक्ष प्रचण्डले मृतक परिवारलाई ५–५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका हुन् ।
तराईमा आएको विपतका कारण सिंगो मुलुक नै शोकमा डुबेको बताए। प्रचण्डले बाराका प्रभावितलाई भेटेपछि पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगेर उपचारत घाइते तथा उनीहरुका आफन्तलाई पनि भेटेका थिए ।
आइतबार राति बारा र पर्साका विभिन्न स्थानमा आएको हुरीबतासमा परी अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
