काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुरीबतास प्रभावित तराईका बिभिन्न क्षेत्रको निरीक्षण गरेका छन् ।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन् । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै बारा सदरमुकाम कलैया पुगे । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए । प्रधानमन्त्रीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश गत राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको हुरीबतासले अहिलेसम्म २७ जनाको निधन भएको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीका साथ उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठ पनि छन्।
हुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्णपुर गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
