काठमाडौं । आइतबार बारा र पर्सामा आएको भीषण हावाहरीबाट हुन गएको धनजनको क्षतिप्रति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले दुःख व्यक्त गरेको छ।
उक्त समुहका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको र सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन्।
उनले विज्ञप्तिमा भनेका छन् ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’
उक्त समूहले यो घडीमा मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापनको माग गरिएको छ ।
यस्तो छ विज्ञप्ति

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
