तराईका जिल्लामा हावाहुरीको बितण्डाः कम्तीमा २५ जनाको मृत्यु, ४ सय जना घाईते

काठमाडौं । आइतबार साँझ तराईका बिभिन्न जिल्लामा आएको हावाहुरीले ठूलो मानवीय क्षति पुर्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण कम्तीमा २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिएका छन् ।

Advertisement

बारा पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि हुरीबाट धनजनको अकल्पनीय क्षति भएको नयाँपुस्तालाई जानकारी प्राप्त भएको छ ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घरहरु भत्केका छन् ।

उद्धार कार्य जारी छ । यस सम्बन्धमा थप जानकारी आउन बाँकी छ ।

More News last news
Loading...