काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माध्यामिक शिक्षा परिक्षा (एसइई) परीक्षाको प्रश्नपत्र आउट हुनु सरकारको गैरजिम्मेवारपूर्ण कार्य भएको आरोप लगाएको छ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक बिज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन ।
जारी बिज्ञप्तिमा भनिएको छ,‘ परीक्षाको प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिएर समय तालिका भित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकिको पराकाष्ट हो । ’ परीक्षा स्थगनपछि यसबाट विद्यार्थी र अभिभावकमा पर्न गएको पिडाको लागि सरकारले माफी माग्दै स्थगन भएको परीक्षाको तिथी मिति तय गरी परीक्षा सम्पन्नका साथै सयममै परीक्षाफल प्रकाशन गर्न नेपाल सरकारसँग माग समेत काँग्रेसले गरेको छ ।
एसइई परीक्षामा प्रदेश नं २ मा पटक–पटक प्रश्नपत्र आउट भएपछि उक्त प्रदेशमा एसइई परीक्षा स्थगन गरिएको छ भने नयाँ कार्यतालिका हालसम्म सार्वजनिक गरिएको छैन ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
