काठमाडौं । दाङको तुल्सीपुर देखि भारतको राजधानी नयाँ दिल्लीका लागि छुटेको ना ६ ख ७११३ नम्बरको बस बिपरित दिशाबाट आएको कार सँग ठोकिएर दुर्घटना भएको छ। दुर्घटना गएराति भारतको पिलिभितमा भएको हो।
दुर्घटनापछि कारमा आगलागी भएको छ। प्रहरीका अनुसार कारमा रहेका ५ जनाकै मृत्युभएको छ भने बसमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार घटनाको पृष्टि हुन बाँकी रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
