अष्ट्रेलियाको एउटा तालले प्राकृतिक रुपमै रङ्ग फेरेर गुलाबी बन्यो (फोटो फिचर)

एजेन्सी । अष्ट्रेलियाको मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी रङ्गमा परिणत भएको छ । मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेपछि यहाँ पर्यटकको घुँइचो लाग्न थालेको छ ।

Advertisement

चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण तालमा रहेका लेउले ‘बेटो कारोटेन’ भनिने रातो रसायन उत्पादन गरेर पानीको रङ्ग गुलाफी भएको बताइएको छ ।

पार्कले भने पानीमा भएको उच्च क्षार मात्राका कारण पानीको नजिक नजान सूचना जारी गरेको छ ।

सामाजिक सञ्जालमा मानिसहरूले तालबाट कुहिएको अण्डाको जस्तो गन्ध आउने बताएका छन् । तालको गुलाफी रङ्ग मौसम चिसो नभएसम्म कायम रहने बताइएको छ ।

यो ताल सन् २०१३ देखि नै प्राकृतिक रूपमै रंग फेरिन थालेको बताइन्छ । यसको अवलोकन गर्न टाढाटाढाबाट समेत पर्यटकहरू झुम्मिन थालेका छन् ।

More News last news
Loading...