काठमाडौं । काँग्रेस युवा नेता एवं सांसद गगन थापा यतिबेला कक्षाकोठमै बसेर पढ्न थालेका छन् । सांसद थापा अमेरिकाको हावर्ड विश्वविद्यालयअन्तर्गतको हावर्ड केनेडी स्कुलमा पढ्न थालेका हुन् ।
उनी ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापाी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्षका लागि केनेडी स्कुल पुगेका हुन्। उनी केही दिन अघि अमेरिकीका गएका थिए । अहिले पढाइ शुरु भइसकेको छ ।
उनी त्यही कोर्षको पढाइमा तल्लिन छन्। कक्षाकोठामा बसिरहेको सांसद थापाको तस्विर नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक संजालमा राखेको छ। उनी दुई साता हावर्ड केनेडी स्कुलमै हुने छन् ।
पढाइ सकेर चैत ३० गते नेपाल फर्किने जनाएको छ। उनले यो कोर्षका लागि गत वर्ष नै छात्रवृत्ति पाएका थिए । समय नमिलेका कारण जान सकेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
