काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणले नयाँ मोड लिएको छ। सो प्रकरणले प्रहरी र सरकारमाथि नै औला उठिरहदाँ अछामबाट दुई जना समातिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई बयानका लागि सिआईबीको टोलीले बयानका लागि काठमाडौँ ल्याउने तयारी गरिएको बताइएको छ।
पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेको बताइएको छ। उनीहरुको नाम खुलाइएको छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
