काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’१० दिनको अमेरिकाको निजी भ्रमण सकेर विहीबार नेपाल आइपुग्ने भएका छन्।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष दाहाल न्यूयोर्कको जोन अफ केनेडी विमानस्थलमार्फत नेपालका लागि प्रस्थान गरिसकेको बताइएको छ।
अध्यक्ष दाहाललाई विदाई गर्न अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राई, नेपाली महाबाणिज्य दूत पुष्पराज भट्टराईलगायतका ब्यक्तिहरु विदाइका लागि विमानस्थल पुगेका थिए।
उनी न्यूयोर्कबाट अवुधावी हुँदै नेपाल आइपुग्ने कार्यक्रम छ। अध्यक्ष दाहालसँग पत्नी सीता छोरी गंगा, ज्वाई जीवन पनि सँगै नेपाल आउनेछन्।
छोरी गंगाले आमा सीताको स्वास्थ्यमा क्रमिक सुधार भएको फेसबुकमार्फत जनाएकी छन्। उनले वासिङटनको जर्जटाउन युनिभर्सिटी अस्पताल, अलाबामाको बरमीन्गम युनिभर्सिटी आस्पतालप्रति आभार प्रकट गरेकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
