जेलभित्र भेटिए एकसाथ ३ मरेका मुसा, पेट चिरेर हेर्दा भयो डरलाग्दो खुलासा

लण्डन । अपराधीले जेलभित्र रहेका कैदीको सहयोगका लागि नयाँ तरिका अप्नाएका छन्। यो कुराको खुसाला भएपछि अफिसर नै चकित बनेका छन्।

यो घटना बेलायतस्थित एक जेलको हो। जेलभित्र यहाँका अफिसरले एकसाथ ३ वटा मरेका मुसा फेला पारे। अफिसरलाई पहिले त यो कुरा सामान्य लागेको थियो। तर जब उनले मुसाको पेटको सल्यक्रिया गरे, तब उनीहरु चकित बने।
मरेका मुसाको पेटभित्र गैरकानुनी चीज फेला परे।

Advertisement

यो सामान मरेका मुसाका माध्यमबाट जेलभित्र रहेका कैदीका लागि पुर्याउन खोजिएको थियो। जेलको भित्ताबाट अपराधिले कैदीलाई मोबाइल, लागुऔषध पुर्याउनका लागि यस्तो उपाय अप्नाएका थिए।

यहाँ अफिसरले पहिलो पटक यस्तो भयानक चीज तब फेला पारे, जब उनीहरुले साउथ वेस्ट इंल्याण्डको बीचमा अवस्थित एक जेलमा यी मरेका मुसा भेटेका थिए। मुसाको पेटमा मोबाइल फोन, चार्जर, सिम कार्ड र चुरोटको पेपर भेटिएका थिए। प्रहरीले मुसाको पेटबाट गाँजा र लागुऔषध ड्रग्स पनि भारी मात्रामा बरामद गरेको छ।

More News last news
Loading...