विप्लवलाई प्रधानमन्त्रीको अल्टिमेटम, चैत मसान्तसम्म वार्तामा नआए जे पनि हुन्छ

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि चैतभित्रै नियन्त्रणमा लिने बताएका छन्।

पार्टी संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले हिंसात्मक गतिविधिमा सरकार चुप लागेर बस्न नसक्ने भन्दै चैतभित्रै नियन्त्रणमा लिने दाबी गरेका हुन्।

Advertisement

‘चैतभित्र विप्लव समूहको अतिवादी विध्वंसात्मक क्रियाकलाप नियन्त्रण गरिसक्छौं,’ प्रधानमन्त्रीले भने, ‘विकास निर्माण र लोकतन्त्रमा अवरोध गर्ने, समाजवादउन्मुख हाम्रा प्रयासलाई अवरोध गर्ने, कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने अनि हँसियाहथौडाकै झन्डा लिने, नाम कम्युनिस्ट पार्टीकै राख्नेहरूलाई नियन्त्रणमा लिन्छौं।’

सरकारले गत फागुन २८ गते विप्लवका गतिविधि नियन्त्रणमा लिने गरेको थियो। त्यसयता उसका नेताकार्यकर्तामाथि सरकारले कडा निगरानी राख्ने, धरपकड गर्ने र नियन्त्रणमा लिने काम गरिरहेको छ।

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई सकभर सहज रूपमा राजनीतिको मूलधारमा ल्याउन प्रयास गर्ने त्यसो गर्दा पनि नमाने नियन्त्रणमा लिने बताए।

More News last news
Loading...