बैतडी । बैतडीमा नेकपा र नयाँ शक्ति परित्याग गरि २९१ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन्।
नेकपाका नेता गङ्गा दत्त भट्ट सहित २७४ जना र नयाँ शक्तिका बुद्धिबल्लभ धानिकसहित १५ जना काँग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले दशरथ चन्द नगरपालिकाको कलौनमा आयोजित कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले नवप्रवेशीहरुलाई सदस्यता वितरण गरेका छन्।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेता लेखकले कम्युनिस्ट सरकारप्रति वितृस्णा र निराश भएकाले कांग्रेसप्रति जनताको आकर्षण बढदै गएको दाबी गरे । उनले देशभर कांग्रेस प्रबेश गर्नेको लहर चलेको समेत दाबी गरे।
नव प्रबेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने प्रतिबद्धता समेत लेखकले गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
