काठमाडौं । चलचित्र ‘क्याप्टेन हेर्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बुवा र पत्नीसहित हल पुगे।
नायक अनमोल केसीको मुख्य भूमिका रहेको यस चलचित्र हेर्नका लागि प्रधानमन्त्री ओली र उनका बुवा मोहनप्रसाद, पत्नी राधिका शाक्य बुधबार सिटी सेन्टरमा रहेको बिग मुभिज पुगेका हुन्।
सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओली बावु र पत्नीलाई मात्र हैन नेकपाका प्रभावशाली नेता तथा मन्त्रीहरुको जम्बो टोली लिएर चलचित्र ‘क्याप्टेन’ हेर्न हल पुगेका थिए।
नेकपा महासचिव विष्णु पौडेलल, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीद्धय रघुवीर महासेठ, भानुभक्त ढकाल, प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा राजन भट्टराई, सांसद जुलीकुमार महतोलगायत नेताका साथमा सिटी सेन्टर पुगेका थिए।
नेपाली चलचित्र जगतका सुपरस्टार भुवन केसीले निर्माण गरेको उक्त चलचित्र ‘क्याप्टेन’ मा मुख्य भूमिका भुवका छोरा मेगास्टार अनमोल छन्। दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलको साथमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
