होली खेल्ने दुई समूहबीच कुटाकुट

बनेपा । बनेपामा होली खेल्ने क्रममा दुई समूहबीच बिवाद विवाद भएको छ।होली खेल्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि दुई  समूहबीच हानाहान भएको थियो। घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार होली खेल्ने क्रममा झगडा भएको भएपनि खास कारण भने पत्ता लागेको छैन्।

Advertisement

हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात आजका दिन मनाइन्छ। आज पहाडी भागमा र भोलि यो पर्व तराईमा मनाइँदै आइएको छ। त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आँफै आगोमा भष्म भएको र प्रह्लादलाई केही नभएको खुसियालीमा होली पर्व मनाइँन थालेको शास्त्रमा उल्लेख गरिएको छ।

More News last news
Loading...