किसान बने गोवाको मुख्यमन्त्री

काठमाडौं । पेशाले किसान र आयुर्वेदिक डाक्टर प्रमोद सावन्त गोवाको नयाँ मुख्यमन्त्री बनेका छन्। उनले मंगलबार बिहानपख दुई बजेतिर राजभवनमा मुख्यमन्त्री पदको सपथ लिए।

गोवाका पूर्वमुख्यमन्त्री मनोहर पर्रिकरको यही मार्च १७ मा निधन भएको थियो। चार कार्यकालसम्म गोवाको मुख्यमन्त्री बनेका उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। मनोहरको निधनपछि भाजपालाई उनको उत्तराधिकारीको चिन्ता थियो। अन्ततः ४५ वर्षीय प्रमोद सावन्तको काँधमा गोवाको जिम्मेवारी आएको छ।

Advertisement

प्रमोदका साथै अन्य ११ सांसदले पनि मन्त्री पदको सपथ लिएका छन्। यसमा महाराष्ट्रवादी गोमान्तक पार्टी (एमजीपी)का सांसद सुधिन धवलिकर र गोवा फरवार्ड पार्टी (जीएफपी)का अध्यक्ष एवम् सांसद विजय सरदेसाइ विशेष छन्। बाँकी शपथ लिएकाहरु पुरानै सांसदहरु हुन्, जो पर्रिकर नेतृत्वको सरकारमा पनि मन्त्री थिए।

सुधिन धवलिकर र विजय सरदेसाइलाई उपमुख्यमन्त्री पद दिने तयारी भइरहेको भारतीय मिडियाहरुले लेखेका छन्। सोमबार दिउँसो मनोहर पर्रिकरको अन्तिम संस्कार पछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो। आइतबार साँझ केन्द्रीय मन्त्री नितिन गडकरी गोवा आएका थिए। मंगलबार राति अबेर पार्टी र सहयोगी पार्टीका सांसदहरुको समर्थन लिएर उनी राजभवन पुगेका थिए।

More News last news
Loading...