काठमाडौं । आज काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ।
आज बिहान ९ बजेर १ मिनेट जाँदा मकवानपुर केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ। मकवानपुर केन्द्र विन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंसम्म महशुस भएको थियो।
बिहान मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भूकम्प गएको थियो।
भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महशुस गरिएको बताइएको छ।
२०७२ को गोरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
