महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति, जसले चोरे यतिधेरै जुत्ता

मानिसका मनोरोग तथा शौखहरु पनि कस्ता-कस्ता ! जापानका माकोटो इन्डो नामका एकजना व्यक्ति महिलाका ७० जोर जुत्ताचप्पल चोरेको आरोपमा पक्राउ परेका छन्।

ती व्यक्तिले महिलाका जुत्ता चप्पल चोर्नुको कारणचाहिँ अनौठो रहेछ। वास्तवमा उनले यौन आनन्द प्राप्त गर्नका लागि महिलाका जुत्ता चोर्दा रहेछन्।

Advertisement

जापानको पूर्वी सहर साइतामा र तोचिगीमा उनले महिलाका चप्पल चोरेका हुन्। महिलाले लगाएर मैलो भएका जुत्ता चप्पल चोर्ने र ती जुत्ता चप्पललाई सुँघेरे यौन आनन्द प्राप्त गर्ने उनको बानी थियो।

आफूलाई महिलाले लगाएका जुत्ताको गन्धले यौन आनन्द दिने उनले पुलिससामु बताएका छन् । अझ रोचक त के भने केवल महिलाका मात्र होइन, पुरुषका जुत्ताको गन्धले पनि उनलाई उस्तै यौन आनन्द दिने रहेछ।

उनको निवासबाट प्रहरीले ठूलो संख्यामा चोरीका पुराना जुत्ता चप्पल बरामद गरेको थियो। उनीमाथि प्रहरीले चोरीको आरोपमा मुद्दा हालेको छ । उनले सन् २०१७ र २०१८ को बीचमा झण्डै ३ लाख रुपैयाँ मूल्य बराबरका ७० जोरभन्दा धेरै प्रयोग गरेका जुत्ता चप्पल चोरी गरेको बताइएको छ।

उनी गत सेप्टेम्बरमा पक्राउ परेका थिए। जुत्ता सुँघेर यौन आनन्द प्राप्त गर्ने अनौठो बानी भएका उनी विश्वमै पहिलो व्यक्ति भएको बताइन्छ। एजेन्सी

More News last news
Loading...