काठमाडौं । युरोपियन युनियनले थप १० देशलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
इटलीलगायतका देशहरुको विरोधका बाबजुद युनियनले करको कारण कालोसूचीमा रहेका देशको संख्यामा वृद्धि गरेको हो।
सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो। पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो।
कालोसूचीमा परेकामा संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका देश रहेको बताइएको छ। योसँगै युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ।
युरोपियन युरोपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ। अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
